वुद्धशान्तिका सुहाङ्ग  ३ दिनदेखि बेपत्ता

मंगलबार, ०२ जेठ २०८०
 झापा । झापाको वुद्धशान्ति निवासी शेरबहादुर सुहाङ्ग  बेपत्ता बनेका छन् । उनी तीन दिनदेखि बेपत्ता बनेका हुन् । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका उनी वैशाख ३१ गते रातिदेखि बेपत्ता भएका हुन् ।  बुद्धशान्ति गाउँपालिका– ४ निवासी उनी  ३३ वर्षीय रहेका छन् । उनी बेपत्ता बनेसँगै उनका बुबा खम्बबहादुरले छोराको खोजी गरिदिन इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका छन् । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा नेपाल विद्यार्थी संघ र तरुण दलले भ्रष्टाचारको विरोधमा ¥याली निकालेको थियो । सोही ¥यालीको समर्थनमा उनले फेसबुकमा स्ट्याटस लेखेका थिए । स्ट्याटस लेखेको विरोधमा वैशाख ३१ गते राति ८–९ जनाको समूहले हत्या गर्ने धम्कीसहित उनको घर पुगेको थियो । आफ्नो घर घेराउ हुँदा शेरबहादुर भने साथी कुलबहादुर गौतमसँग बाहिर थिए । खोजी गर्दै घरमा पुगेको टोलीले उनलाई नभेटेपछि घर तोडफोड गरी फर्किएको खम्बबहादुरले प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेका छन् । सोही रातदेखि बेपत्ता भएका सुहाङ्ग अझै नभेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार