हात्ती प्रभावित क्षेत्रका स्थानीयलाई सहयोग 

मंगलबार, ०२ जेठ २०८०
अर्जुनधारा नगरपालिका भित्रका हात्ती प्रभावित क्षेत्रमा रहेका स्थानीयलाई सहयोग पु¥याउने उद्देश्यले १० थान हात्ती धपाउन प्रयोग गरिने साइरन गन र १० थान टर्च लाइट प्रदान गरिएको छ । अर्जुनधारा नगरपालिकाले वडा नम्बर १, २ , ३ र ४ लाई दुई ÷ दुई वटा र ८ तथा  ११ नम्बर वडालाई १ ÷ १ वटा हात्ती धपाउन प्रयोग गरिने साइरन गन प्रदान गरेको हो । त्यस्तै उज्यालो नेपाल बर्दियाले ग्रिन जेनेरेसन मेचीनगर ४ झापाको संयोजनमा अर्जुनधारा नगरपालिकामा  हात्ती धपाउन प्रयोग गरिने टर्च  लाइट वितरण गरेको हो । यो सँगै वुद्धशान्ति गाउँपालिका , शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिकालाई १०÷१० वटा हात्ती धपाउन प्रयोग गरिने टर्च लाइट वितरण गर्न लागेको बताइएको छ । अर्जुनधारा नगरपालिकामा मङ्गलवार आयोजित कार्यक्रमकाबीच उक्त सामग्री प्रदान गरिएको  मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले सम्बन्धित वडाका हात्ती प्रभावितलाई सो सामग्री हस्तान्तर गरेका हुन् । यता उज्यालो नेपालको हात्ती नियन्त्रण अभियान अन्तरगत ग्रिन जेनेरेसन झापाले १० वटा टर्च  नगरपालिकालाई हस्तान्तरण गरेको हो । सोही कार्यक्रमका बीच पूर्व वार्डेन संरक्षण अभियान बर्दियाका  रमेश कुमार थापाले हात्ती प्रभावित क्षेत्रका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा उज्यालो नेपाल बर्दियाका अध्यक्ष नवराज न्यौपाने, फिल्ड इन्चार्ज वन्य जन्तु संरक्षणका शंकर लुइँटेल, ग्रिन जेनेरेसनका सचिव मञ्जिल देवान, द्रुत उद्धार ढल मेचीनगर ४ का विश्वास विश्वकर्मा, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की  लगायतको उपस्थिति रहेको थियो । नेपालमा तराइका २४ जिल्लामा हात्ती पाइने गरेको बताइएको छ । नेपालमा पाइने हात्ती एसियन प्रजातिका रहेको बताइएको छ ।  झापा, मोरङ र सुनसरीमा गरी जम्मा एक सय ५० भन्दा बढी हात्ती बस्तै आएको  कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार