बिर्तामोड । नेपाली काँग्रेस झापाले किसानहरूलाई समयमै मल र उन्नत जातको बिउ–विजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न बैठकले समयमै रासायनिक मल र बिउ–विजन नपाउँदा उत्पादनमा ह्रास आउने र यसले राज्यको कुल गार्हस्थ्य उत्पादनमै असर पुर्याउने भन्दै समयमै मल–बिउ उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो ।
बैठकले विस्तारित जिल्ला समितिका सदस्य सदस्यहरूलाई वडा तहमा जिम्मेवारी दिई प्रतिनिधिका रूपमा खटाउने निर्णय गरेको जिल्ला सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
प्रतिक्रिया