नेपाली कांग्रेस झापाको कोषाध्यक्षमा जलकुमार गुरुङ मनोनित

बुधबार, ०३ जेठ २०८०
बिर्तामोड । नेपाली कांग्रेस झापाको कोषाध्यक्षमा जलकुमार गुरुङ मनोनित भएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न बैठकले गुरुङलाई कोषाध्यक्षमा मनोनयन गरेको हो । गुरुङ अघिल्लो कार्यकालमा पनि जिल्ला सदस्य थिए । देशकै उत्कृष्ट खानेपानी आयोजना मानिएको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष, मेची आँखा अस्पतालको अध्यक्ष, झापा गोल्डकपको अध्यक्ष रही गुरुङले सफलतापूर्वक कार्य सम्पादन गरिसकेका छन् । गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार