ब्राउन सुगरसहित ४ जना पक्राउ

बुधबार, ०३ जेठ २०८०
विराटनगर । झापा र मोरङका छुट्टाछुटै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीको टोलीले झापाको कन्काई नगरपालिका ४ बाट सोही स्थानका ४२ बर्षीय प्रेम बिश्वकर्मा र १७ बर्षीय सलिन आलमलाई पक्राउ गवरेको हो । उनीहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । यसैगरी इलाका प्रहरी उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले प्रदेश १च०२–०५० प ५४४४ र मे ५ प ८८२४ नम्बरको मोटरसाइकल जाँचको क्रममा चालक उर्लाबारी नगरपालिका ४ का ३१ बर्षीय अर्जुन श्रेष्ठको साथबाट २ ग्राम ४९० मिलिग्राम र सन्जय प्रधानको साथबाट ४ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार