करेन्ट लागेर १ जनाको मृत्यु

बुधबार, ०३ जेठ २०८०
संखुवासभा । संखुवासभाको धर्मदेबी नगरपालिका ३ मुढेशनिश्चरेमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तेम्बा शेर्पा छन् । मुढेशनिश्चरेस्थित निर्माणाधीन भ्यु टावरको रेलिङ वेल्डिङ गर्ने क्रममा मंगलबार राति अचानक करेन्ट लागेर घाइते भएका शेर्पालाई उपचारकोलागी धरान घोपा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार