आत्महत्या गर्छु भन्दै हिंडेका युवकको सकुशल उद्धार

बुधबार, ०३ जेठ २०८०
विराटनगर । आत्महत्या गर्छु भन्दै हिंडेका इलाम नगरपालिका ४ बरबोटेका ३० वर्षीय सुनील सुनुवार मुखियालाई प्रहरीले सकुशल उद्धार गरेको छ । उनलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । वैशाख ३१ गते घरबाट निस्केका मुखियाले मोबाइल मार्फत आत्महत्या गर्छु भन्ने म्यासेज इन्टरपोललाई पठाएको र सो म्यासेज इन्टर पोल, साइबर ब्युरो हुदै जिल्ला प्रहरी कार्यालय इलाममा प्राप्त भएपछि टोली परिचालन गरिएको थियो । प्रहरी र स्थानीय समेत मिलेर उनलाई चार दिनपछि बुधबार बिहान ८ बजे इलाम नगरपालिका ४ स्थित नौकिलो जंगलको ओडारमा बसेको फेला पारिएको थियो । त्यहाँबाट उद्धार गरी उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार