मुस्ताङमा कांग्रेसलाई ६३५ मतको अग्रता

सोमबार, ०५ मंसिर २०७९
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् । ५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार ४१० मत गन्न बाँकी छ । एमालेका तुलाचन भन्दा कांग्रेसका थकाली ६३५ मतले अगाडि छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार