इलाम । झापाबाट इलाम आएर आत्माहत्याको प्रयास गर्ने एक युवालाई प्रहरीले उद्धार गरेको छ । बिर्तामोड नगरपालिका ७ बस्ने ३५ वर्षीय युवालाई इलाम नगरपालिका ७ स्थित चिया बगानमा रहेको हावा महलमा नाइलनको डोरीले पासो लगाई आत्महत्या गर्ने प्रयास गरिरहेका बेला उद्धार गरिएको हो ।
स्थानीयले ती युवाले आत्महत्या गर्न खोजेको देखेपछि जिल्ला प्रहरी कार्यालय इलाममा फोन मार्फत जानकारी गराएका थिए । जानकारी प्राप्त गर्नासाथ तत्काल प्रहरी टोली खटिई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
युवालाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी बिपिन विश्वकर्माले जानकारी दिए ।
युवालाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ । केही दिन पनि इलामकै एक युवालाई जिल्ल्ला प्रहरी कार्यालय इलामले आत्माहत्या प्रयास गरिरहेकै अवस्थामा उद्धार गरेको थियो ।
प्रतिक्रिया