प्रदेशको नाम लिम्बुवान नभएसम्म लडिरहेनेछौः लिङदेन

शनिबार, ०६ जेठ २०८०
धरान । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेशको नाम ‘लिम्बुवान’ नभएसम्म लडिरहने बताएका छन् । धरानको भानुचोकमा बोल्दै लिङ्देनले प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्ने बताए । उनले भने ‘प्रदेश नम्बर १ को नाम लिम्बुवान किरात ताम्सालिङ’ हुनुपर्छ, एकात्मक शैलिबाट कोशी नाम राखिएकोमा हाम्रो आपत्ति छ ।’ उनले आफुहरुले प्रदेशको नाम लिम्बुवान हुनुपर्ने मत पहिलेदेखि नै राख्दै आएको र लिम्बुवान नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी समेत दिए । उनले भने ‘झम्पल भेटे झम्पल, कोदालो भेटे कोदालो जस्तोसुकै हतियार उठाउन हामी तयार छौं ।’ लिङ्देनलाई पार्टी अध्यक्षबाट कारवाही गर्दै बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको समुहले नागरिक उन्मुत्ति पार्टीसँग एकीकरण गरेको थियो । त्यसपछि लिङ्देन अहिले पार्टीको विभिन्न तहका कमिटी गठन गरिरहेका छन् । यसै क्रममा धरानको भानुचोकमा सभा गर्दै लिङ्देनले सुनसरी जिल्ला अध्यक्ष राजकुमार लिम्बूलाई घोषणा गरेका छन् भने धरान नगर अध्यक्षमा मोहन तिगेलालाई जिम्मेवारी दिएका छन् । लिङ्देनले संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघिय लिम्बुवान प्रान्तीय मञ्चबाट केही व्यक्तिहरु अलिग्गिएको भन्दै त्यसबाट पार्टीलाई थप ऊर्जावान् र नयाँ बनाउने मौका मिलेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार