सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला हुने

सोमबार, ०८ जेठ २०८०
पोखरा । गण्डकी प्रदेशको आयोजनामा पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला हुने भएको छ । सातै प्रदेशका मुख्यमन्त्रीहरू सहितको उपस्थितिमा बुधबार पोखरामा छलफल हुने गण्डकी सरकारले जनाएको छ । संघीयता संस्थागत गर्ने उपायको खोजी, आपसका राम्रा सिकाइ आदान प्रदान तथा संघ सरकारसँग लिनुपर्ने हिस्सा खोज्न सामूहिक आवाज तयार गर्न कार्यक्रम राखिएको हो । सोही दिन प्रधानमन्त्रीको अध्यक्षतामा रहेको अन्तर प्रदेश समन्वय परिषद्को बैठक समेत हुने बताइएको छ । यसअघि संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीहरूको भेला आयोजना गरेका थिए । अहिले सबै प्रदेश सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणको अन्तिम चरणमा छन् । बजेटको पुर्वसन्ध्यामा हुने भेलाले संघीयतालाई सफल पार्न आवश्यक उपायहरूबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार