इटहरीमा भ्रष्टाचार विरुद्ध अनिश्चित कालीन रिले अनसन बस्दै नेकपा एस

सोमबार, ०८ जेठ २०८०
इटहरी । नेकपा एकीकृत समाजवादी (एस) ले भ्रष्टाचार विरुद्ध इटहरीमा अनिश्चित कालीन रिले अनशन गर्ने भएको छ । पार्टी कोसी प्रदेश कमिटीले सोमबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अनिश्चित कालीन रिले अनशन गर्ने जनाएको हो । देश चरम आर्थिक सङ्कटमा रहेको बेला जनतामा निराशा चुलिएको बताउँदै अनसनमा उत्रिनु परेको पार्टीले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै कोसी मोर्चा सङ्गठन इन्चार्ज केशव कुमार विष्टले विभिन्न खाले अराजक उछ्रिङ्खल कार्य गर्ने, गणतन्त्र र संविधानमा माथि नै प्रहार हुने गरेको बताए । उनले सरकारमा बसेका जिम्मेवार व्यक्तिहरू नै भ्रष्टाचार, जघन्य अपराधमा संलग्न रहेको बताउँदै यसको विरुद्धमा उभिएको विष्टले जानकारी दिए । अहिले छानबिन भइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी अपराधीहरू मात्र हैन आज सम्म सतहमा देखिएका सबै खाले भ्रष्टाचारको निर्मम छानबिन होस् विज्ञप्तिमा भनिएको छ “दोषीलाई हदैसम्मको कारबाही हुनु पर्छ ।” साथै देशमा सुशासन कायम गर्दै आर्थिक सङ्कटको अन्त्य गर्न र जनताको निराशालाई आशामा बदल्न रिले अनसन बस्ने तयारी गरिएको पार्टीले जनाएको छ । रिले अनसनमा पार्टीका सबै भातृ सङ्गठनले पालैपालो अनसन बस्नेछन् । एउटा समूहमा ६ जना देखि १० जना रहनेछन् । अनसन अवधिभर पानी बाहेक केही खान पाइने छैन । रिले अनसन भोलि अर्थात् जेठ ९ गते बिहान ८ बजे इटहरी उपमहानगर अगाडी बस्नेछ । साथै भ्रष्टाचार विरुद्धको अभियानमा सबै राजनीतिक दल, नागरिक समाज लगायतलाई सहयोग गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार