सो ज्ञापन पत्रमा भनिएको छ ‘नक्कली भुटानी शरणार्थी सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेरिहस्तहरुको सूक्ष्म अध्ययन अनुसन्धान गरी दोषीहरू प्रमुख दलका शीर्ष नेताहरूसहित जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति , आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न र मानवअधिकार मैत्री ऐन बनाई संक्रमणकालिन न्याय पक्रियालाई टुङ्गोमा पुर्याउन मानवअधिकार तथा शान्ति समाजको तर्फबाट आग्रह गर्दछौँ ।’
मानव अधिकार तथा शान्ति समाज मोरङले कुशासनको अन्त्यको लागि गत वैशाख ३१ गतेदेखि दैनिक विभिन्न प्रकारका दबाबमूलक कार्यक्रममा सहभागी हुने एवम् आफै पनि गर्दै आएको अध्यक्ष प्रा डा ढकालले बताए ।
प्रतिक्रिया