कनकाई नगरद्वारा बेवारिसे २ वालकको उद्धार

मंगलबार, ०९ जेठ २०८०
झापा । झापाको कनकाई नगरपालिकाले दुई जना वालकको उद्धार गरेको छ । कनकाई नगरपालिकाको नगर बाल अधिकार समितिको समन्वयमा  जोखिममा रहेका दुई जना बालकहरूको उद्धार गरेको हो । गोप्य सूचनाका  आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएका अन्दाजी ११ वर्षीय दुवै बालक बेवारिसे अवस्थामा भेटिएका थिए । दुई बालकहरूलाई नगरपालिकाको बाल कल्याण इकाईको नेतृत्वमा बाल हेल्पलाई १०९८ विराटनगर र प्रहरीसहितको संयुक्त टोलीले जेठ ८ गते उद्धार गरेको हो । वालकलाई कनकाई ५ बाट उद्धार गरिएको  नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । उद्धार गरिएका बालकहरूलाई कनकाई नगरपालिकाका नगर प्रमुख  पोखरेलको रोहवरमा नगर बाल अधिकार समितिका अध्यक्ष तथा उपप्रमुख आशा शर्मा सिवाकोटीले अस्थायी संरक्षणका लागि बाल हेल्पलाई १०९८ विराटनगरलाई हस्तान्तरण गरेका थिए । त्यस्ता जोखिममा रहेका बालबालिका कहिकतै भेटिए तत्कालै बाल अधिकार समितिहरू वा बाल हेल्पलाईमा जानकारी गराउन बाल कल्याण अधिकारी उमानाथ ढकालले आग्रह  गरेका छन् । यति बेला  कनकाई नगरपालिका देशकै उत्कृष्ट बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बन्ने लक्ष्यका साथ क्रियाशील रूपले कार्य गरिरहेको  प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए । कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८०÷ ८१  मा  नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक वर्ष २०७९÷०८० मा बालमैत्री घोषणाको तयारी गरेको  बाल स्रोत व्यक्ति  प्रजेश खनालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार