प्रादेशिक आयुर्वेद अस्पतालको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

मंगलबार, २७ मंसिर २०७९
प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत भएको छ । प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेद अस्पतालको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो । बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी पनि प्रदेश सरकारले स्वीकृत गरेको सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् । । मन्त्री आङ्बोका अनुसार बैठकले प्रदेश १ लैङ्गिक समानता नीति, २०७९, र प्रदेश १ सामाजिक समावेशीकरण नीति २०७९ पनि स्वीकृत गरेको छ । त्यस्तै आर्थिक विकासका लागि लगानीको प्रस्ताव संघीय अर्थ मन्त्रालय समक्ष पेस गर्ने निर्णय समेत भएको मन्त्री आङ्बोले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार