मोरङ सहकारी अस्पतालका ४० जना नर्स सम्मानित

विहीबार, १८ जेठ २०८०

इटहरी । मोरङ सहकारी अस्पताल विराटनगरका ४० जना महिला स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय नर्स  दिवसको अवसर पारेर इटहरी लेडि जेसिजले एक कार्यक्रम  आयोजना गरेको नर्सहरुलाइ सम्मान गरेको हो । उक्त कार्यक्रम अस्पताल  सञ्चालक श्यामसुन्दर पौडेलको प्रमुख आतिथ्यमा सप्पन्न भएको थियो । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मान्यता अवलम्बन गर्दै उनीहरुलाई सम्मान गरिएको आयोजक संस्था लेडि जेसिजकी अध्यक्ष सुमित्रा भट्टराईले बताइन । तीनवटा फरक फरक योग्यताका आधारमा नर्सहरुको सम्मान गरिएको अस्पतालले जनाएको छ । सम्मानित नर्सहरुलाई कदरपत्र प्रदान गरिएको थियो । यसका साथै उनीहरुलाई रक्तचाप नाप्ने उपकरण र अरु स्वास्थ्य सामग्री पनि प्रदान गरिएको थियो । सम्मानित हुनेमा बीएससी नर्सिङ, स्टाफ नर्स र एनएमलगायत छन् । कलेज अफ नर्सिङ एजुकेसन अष्ट्रेलिया (नेटा) को सहकार्यमा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार