भारतले आफ्नो नक्सामा नेपालको भूभाग राखेको भन्दै एमालेको विरोध

विहीबार, १८ जेठ २०८०
इलाम । भारतले नेपालको भुभाग आफ्नो नक्सामा राखेको एमाले इलामले विरोध प्रदर्शन गरेको छ । भारतीय ससंद अगाडि राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको भु–भाग पनि समेटिएको भन्दै एमालेले विरोध जनाएको हो । नागरिकता विधेयक राष्ट्रिपतिबाट प्रमाणिकरण भएकोमा समेत उसको आपत्ति छ । विरोध र्यालीको आयोजना गर्दै दुबै विषयमा एमालेको असहमति रहेको जनाइएको छ । नेकपा एमाले इलाम जिल्ला कमिटी जनसंगठन समन्वय संयन्त्रको आयोजनामा इलामको रत्नचौकबाट र्याली इलाम चोक बजारमा पुगेको थियो । कार्यक्रममा एमाले इलामका नेताहरुले भारतको सो कदमप्रति विरोध गरेका थिए । सभालाई सम्वोधन गर्दै एमालेका नेताहरुले सरकारले भारतको सो कदमप्रति चासो नदेखाएको तथा नागरिकता विधेयकको विरोध गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार