जंगली च्याउ खाएका आमाछोराको मृत्यु

शनिबार, २० जेठ २०८०
विराटनगर । धनकुटामा जंगली च्याउ खाएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेको प्रहरीले जनाएको छ । गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट सिकिस्त बिरामी परेका थिए । धनकुटा जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । मुनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । प्रतिष्ठानमा उपचारकै क्रममा उनको छोरा सचिनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार