विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८/८१ को लागि स्वास्थ्य क्षेत्रका लागि तीन अर्बभन्दा बढी रकम बजेट विनियोजन गरिएको छ ।
मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका हिक्मतकुमार कार्कीले आज अध्यादेशबाट बजेट प्रस्तुत गर्दै स्वास्थ्यमा ३ अर्ब ७ करोड २७ लाख बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।
बजेटमा प्रदेशको सबै जिल्लामा अस्पतालको व्यवस्थित विकास गरिने जनाइएको भएको छ ।
सरुवा रोगको रोगथाम र नियन्त्रणमा ५ करोड बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
सुनसरीको धरानस्थित बीपी कोइारला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको लागि पनि बजेट विनियोजन गरिएको छ ।
प्रदेशभित्र रहेका जिल्ला अस्पतालहरूको विकासमा २९ करोड रुपैयाँ विनायोजन गरिएको मुख्यमन्त्री कार्कीले जानकारी गराए ।
प्रतिक्रिया