कोशी प्रदेशभरि आउँदै नयाँ प्रविधिको ‘बग्गी एप्स’

विहीबार, ०७ असार २०८०
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा ‘बग्गी’ को आयोजनामा अग्रजहरुसँग ‘बग्गी एप्स’ बारे अन्तरक्रिया गरिएको छ । नयाँ प्रविधि प्रयोग गरी मोटरसाइकल, स्कुटर, अटो, सिटी सफारी, कारबाट घरैमा बसेर सुरक्षित यात्रा गर्न सकिने लगायत विशेषता भएको एप्सबारे छलफल गरिएको हो । विभिन्न होटलका परिकार, घरमा प्रयोग हुने उपकरणहरुको मर्मत, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, प्लम्बिङ सेवा, स्वास्थ्य सेवा, धार्मिक लगायतका सेवाहरु घर–घरमै उपलब्ध गराउने उद्देश्यले एप्स सार्वजनिक गर्न लागिएको छ । त्यसैको जानकारी दिंदै सुझाव संकलन गर्न अन्तरक्रिया आयोजना गरिएको जनाइएको छ । अन्तरक्रियामा सहभागी उद्योगी भोलेश्वर दुलालले कोशी प्रदेशमा विराटचोकलाई मुटुमा राखी झापा, मोरङ, सुनसरीमा सेवा दिने गरी उदघाटनको तयारीमा रहेको बग्गीको टिमलाई शुभकामना दिए । राम्रो कामको शुरुवात हुन लागेको भन्दै उनले यो सेवा देशभर हुँदै विश्व बजारमा समेत लैजान सकिने उल्लेख गरे । पूर्वसांसद राजकुमार ओझाले सिर्जनशील युवाहरुबाट सञ्चालनको तयारीमा रहेको सेवा आजको व्यस्त समयमा दैनिक जीवनयापनको आवश्यकतासँग जोडिएको बताए । राजनीतिकर्मी नवराज चापागाईंले नयाँ प्रविधि प्रयोगबाट सुविधा दिन युवाको सक्रियता उत्साहजनक भएको बताए । सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष केशव अधिकारीले व्यापारसँग पनि जोडिएको र रोजगार पनि सिर्जना हुने भएकाले युवाको पहल अर्थपूर्ण रहेको बताए । राजनीतिज्ञ सुरेन्द्रबहादुर थापा, सामाजिक व्यक्तित्व टिकाप्रसाद कट्टेल, युवा नेता राजेन्द्रप्रसाद ढकालले बग्गी एप्स हरेकको घर–घरमा आवश्यकताको परिपूर्ति गर्ने माध्यम बन्न सकोस् भन्ने शुभकामना दिए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका नारायण कार्की, सुन्दरदुलारी उद्योग वाणिज्य संघका जीवन ढुङ्गाना, इन्द्रपुर जेसिजकी विना सुवेदी आचार्य, लाइन्स क्लव अफ विराटचोक सिटीका विवेक न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए । एप्को औपचारिक उदघाटन कोशी प्रदेशभरि असार २० गते एकसाथ हुनेसञ्चालक बाबुराम भट्टराईले जानकारी दिए । प्रविधिलाई भरपुर प्रयोग गरी सेवालाई सरल र गुणस्तरीय बनाउने कुरामा कुनै कमी नरहने उनले उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार