पुष लागेसँगै बड्यो चिसो,प्रदेश एकमा हल्का वर्षाको सम्भावना

शुक्रबार, ०१ पुस २०७९
पुष महिनाको सुरुवात भएसँगै चिसो बढ्न थालेको छ । आज प्रदेश १ का अधिकांश स्थानहरुमा विहानै देखि हुस्सु लागेको छ । तथापी हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान प्रदेश १ लगायत तराई भूभागका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै पहाडी भू(भागमा आंशिक बदली रही रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू(भागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार