भेटिएनन् बाढीपहिरोमा हराएकाहरु, कुशको शव बनाएर अन्तिम संस्कार

शनिबार, ०९ असार २०८०
ताप्लेजुङ । बाढीपहिरोमा परी हराइरहेकाहरु नभेटिएपछि ताप्लेजुङमा बेपत्ताका परिवारले उनीहरुको अन्तिम संस्कार गरेका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरोमा परी बेपत्ता भएकाहरुको दाहसंस्कार गरिएको हो । सातौँ दिनसम्म पनि नभेटिएपछि कुशको शव बनाएर परिवारले दाहसंस्कार गरेका हुन् । गत शनिबारको पहिरोमा परी एकैपरिवारका सासु, बुहारी र नाति बेपत्ता भएका थिए । मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३३ वर्षीया सन्ध्या र नौ वर्षका नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएका हुन् । घरमुली यादव बुढाक्षेत्री पारिवारिक कामले नजिकैको गाउँ पेदाङ गएकाले बाँचेका थिए । कतारमा रोजगारीका लागि गएका यादवका छोरा विदुर बुढाक्षेत्री फर्किएपछि कुशको शव बनाइ काबेली नदीमा अन्त्यष्टि कार्य गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार