पहिरोमा बेपत्ता भएकाको परिवारलाई ५ लाख बिमा रकम

आइतबार, १० असार २०८०
इलाम । प्रभु लाइफ इन्स्योरेन्स इलाम शाखाले मृत्यु दाबी अन्तर्गतको ५ लाख ४३ हजार रुपैयाँ बिमित परिवारलाई हस्तान्तरण गरेको छ । बिमित ठाकुर याक्खाको घरमा नै पुगेर रकम हस्तान्तरण गरिएको हो । इलाम नगरपालिका–२ सुम्बेक निवासी याक्खाले इलाम शाखा अन्तर्गत बीमा गरेका थिए । गत सालको बाढीपहिरोमा परी उनी बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि कम्पनीले दुर्घटनाबाट मृत्यु भएको मान्दै बिमितकी पत्नी चित्रमाया सम्वाहाम्फेलाई बीमांकको दोब्बर र बोनससमेत गरेर ५ लाख ४३ हजार ६२ रुपैयाँ हस्तान्तरण गरेको हो । पूर्ववडाअध्यक्ष नारद लम्साल, वडा सदस्य मीना दाहाल तथा प्रभु लाइफ इन्स्योरेन्स इलाम शाखाका प्रमुख लक्ष्मीप्रसाद मिश्रले याक्खाको घरमा पुगेर उनकी पत्नी चित्रमाया सम्बाहाम्फेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए। इलाम शाखामा ४ वर्षअघि अमूल्य जीवन बीमा नामक २ लाख ५० हजार रुपैयाँ बीमांकको २० वर्षे आजीवन जीवन बीमा गरेका याक्खाले वार्षिक १६ हजार ५७२ रुपैयाँ बीमा शुल्क ४ वर्षसम्म गरी ६६ हजार २८८ रुपैयाँ जम्मा गरेका थिए । कार्यक्रममा चित्रमाया सम्बाहाम्फेले प्रभु लाइफ इन्स्योरेन्सले घरमै आएर मृत्युदाबी भुक्तानी गरेकोमा खुसी व्यक्त गर्दै भविष्यको जोखिम हस्तान्तरणका लागि सबैले बीमा गर्न जरुरी रहेको बताइन्। उनले बीमाले आफ्नो जिविकोपार्जनमा सहयोग पुग्ने बताइन् । त्यस्तै शाखा प्रमुख मिश्रले आफू र आफ्नो परिवारको जीवन बीमा गर्न आग्रह गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार