आज बजेट सार्वजनिक गर्दै विराटनगर महानगरपालिका

आइतबार, १० असार २०८०
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट आज आइतबार सार्वजनिक गर्ने भएको छ । नयाँ बजेटमा हाल सञ्चालनमा रहेका बहुवर्षे कार्यक्रमहरुलाई नै निरन्तरता दिने र विकास तथा सुशासन तर्फ नयाँ पहल गर्ने महानगरले जनाएको छ । आगामी वर्षको बजेटको आकार चालु वर्षको भन्दा कम हुने जनाइएको छ । महानगरपालिकाले गत आर्थिक वर्षमा ३ अर्ब ७३ करोड ७५ लाख ६७ हजार रुपियाँ बराबरको बजेट ल्याएको थियो । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा झण्डै १५० भन्दा बढी बहुवर्षे आयोजनाहरुको ठेक्का प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार