इटहरी उपमहानगरभरीका सामुदायिक विद्यालयहरुमा थारु भाषाको पाठ्यक्रम पढाइ हुने भएको छ । इटहरी उपमहानगरपालिकाले आगामी बैशाख देखि लागुहुनेगरी उक्त निर्णय गरेको हो ।
इटहरीको प्रथम जातीको रुपमा थारु जातिलाई घोषणा गरेपछि थारु भाषामा समेत पठन पाठन सुरु गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
शुक्रबारको बसेको कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ । इटहरी उपमहानगर थारुहरुको पुरानो इतिहाँस बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।
प्रतिक्रिया