गोल्डेन बुट बिजेता एम्बाप्पे बने विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी

सोमबार, ०४ पुस २०७९
केलिएन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनका बावजुद फ्रान्स विश्वकपको उपविजेता बन्यो । २-० गोलले पछि परेको फ्रान्लाई उनले नै लगातार २ गोल गर्दै फ्रान्सको विश्वकप उपाधिको सपनालाई जिवित राखेका थिए । पुन मेस्सीले अर्जेन्टिनालाई ३-२ को अग्रता दिलाएपनि लामो समय रहन सकेन फ्रान्सले पेनल्टी पायो र एम्वाप्पेले ह्याट्रिक गोल पूरा गरे । तेस्रो गोल गरेसँगै एम्बाप्पेले मेस्सीलाई पछि पार्दै गोल्डेन बुट बिजेता बने । यता फ्रेन्च सुपरस्टार एम्बाप्पेले अर्को दुर्लभ रेकर्डसमेत बनाएका छन् । एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजीका एम्बाप्पेले अर्जेन्टिनाले दुईपल्ट अग्रता लिएको अवस्थामा गोल गरी खेल बराबरीमा ल्याए । पहिलो हाफमै अर्जेन्टिनाले २ गोलको अग्रता बनाएर फ्रान्सलाई दबावमा राखेको थियो । दोस्रो हाफमा सुधारिएको फ्रान्सका लागि एम्बाप्पेले २ गोल गरी खेललाई अतिरिक्त समयमा लगेका थिए । उनले ८० औं मिनेटमा पेनाल्टीमा गोल गरे । त्यसको अर्को मिनेटमै गोल गरी खेल बराबरी गरेका थिए । ३० मिनेटको अतिरिक्त समयमा लियोनल मेसीले अर्जेन्टिनाका लागि गोल गर्दा फ्रान्स फेरि पछि परेको थियो । तर, ११८ औं मिनेटमा पेनाल्टीमार्फत नै गोल गरी विश्वकपमा आफ्नो ह्याट्रिक पूरा गरे तथा खेल बराबरीमा ल्याए । पेनाल्टी शुटआउटमा फ्रान्सका दुई खेलाडीले गोल गर्न नसक्दा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी रह्यो । उपाधि अर्जेन्टिनाले जिते पनि व्यक्तिगत प्रदर्शन भने एम्बाप्पेले उत्कृष्ट गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार