पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ बढ्याे

बुधबार, ३१ साउन २०८०
काठमाडौ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । इन्डियन आयल कार्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि बढेको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । ग्यास प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार