देशमा भएको अथाह अवसरलाई युवाले उपयोग गर्नुपर्छः अर्थमन्त्री

बुधबार, ३१ साउन २०८०
  काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुष्म आँखा चाहिँयो ।’ विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्नेमा जोड दिंदै उनले नेपालमै अवसर अथाह भएको र त्यसको उपयोग गर्नुपर्नेमा जोड दिए । ‘अर्थमन्त्री डा. महतले भने, ‘हामीकहाँ अवसर खोज्दा हट मेन्टालिटी छ । एउटाले अवसर देख्यो, फाइदा उठायो, म पनि त्यही गर्नुपर्ने, अर्कोले पनि त्यही गर्ने अर्थात् सबै त्यसैमा लाग्छन्, त्यसो गर्नु हुँदैन, अर्को अवसर खोज्नुपर्छ ।’ नेपालमा केही छैन, सबै बिग्रेको छ, अर्थतन्त्र ध्वस्त छ, रोगजारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर धेरैले नकारात्मक कुरा गर्ने गरेको उल्लेख गर्दै तर अवस्था त्यस्तो नरहेको उनले दाबी गरे । बाहिर गएर दक्षता लिएर फर्किनेहरुलाई सरकारले प्रोत्साहन गर्ने उल्लेख गर्दै अर्थमन्त्री महतले भने, ‘जति फर्किएका छन्, उनीहरुले गरेको कृषि उद्योग यहाँ लोकप्रिय बन्दैछ । यसमा धेरै अवसर छ, बजार स्वदेश र विदेशमा छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार