बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

शुक्रबार, ०१ भदौ २०८०
काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम श्रमिकहरुको मासिक तलब १७ हजार तीन सय कायम भएको जानकारी दिएको हो । वृद्धि गरिएको पारिश्रमिकमा चिया बगान बाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्‍याइएको हो । पारिश्रमिक वृद्धिको सूचना बिहीबार राजपत्रमा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार