इटहरी । चाडपर्व सुरु हुने मौसममा डिजिटल पेन्ट्सले बजारमा उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत अब ग्राहकहरूले एक लाख रूपैयाँदेखि डेल ल्यापटपसम्म प्राप्त गर्न सक्ने छन् ।
उपहार योजना अन्तर्गत ५० हजार सम्मको डिजिटल पेन्ट्स खरिद गर्दा एक थान स्क्रयाच कुपन पाइनेछ ।
त्यस्तै २ थान स्क्रयाच कुपन बराबर एक आकर्षक ब्याग प्राप्त गर्न सकिने छ । उक्त कुपनमा पेन्ट्सले बम्पर उपहार योजना १ लाख समेत राखेको छ ।
कुपनमा डेल ल्यापटप, ३२ इन्च एलइडी टिभी, फ्रिज र सान्त्वनामा भित्ते घडी समावेश गरिएका छन् ।
पहिलो उपहार स्वरूप एक थान डेल ल्यापटप राखिएको छ भने दोस्रोमा ३२ इन्चको एलइडी टिभी, तेस्रोमा फ्रिज, चौथोमा सान्त्वना १५ जनालाई भित्ते घडी राखिएको छ ।
त्यस्तै पेन्टसले बम्पर अफरमा एक लाख रुपैयाँ पुरस्कार राखेको छ ।
उपभोक्ताबीच लोकप्रिय बन्दै गएको पेन्ट्स पूर्वका विभिन्न सहरहरूमा ८० भन्दा धेरै डिलरहरू मार्फत बिक्री गर्दै आइरहेको छ ।
कम्पनीले ७ वर्ष वारेन्टी रहेको बाहिरी इमल्सन सहित २ रेन्ज, भित्री इमल्सन ३ रेन्ज, बाल प्राइमर ४ रेन्ज, इनामेल काठ प्राइमर, गजुर गोल्ड पेन्ट्स, वाल पुट्टी तथा डिस्टेम्बर लगायतका उत्पादनहरू छन् ।
प्रतिक्रिया