इटहरी । हुलास वायर इण्डष्ट्रिजले आफ्नो प्रख्यात ब्राण्डलाई अझ सुदृढ गर्दै लैजाने विश्वासका साथ इटहरीमा ‘संम्बर्द्धन समारोह’ सम्पन्न गरेको छ ।
इटहरीस्थित सोल्टी वेस्टन होटेलमा आयोजित उक्त कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले उदघाटन गरेका थिए ।
कार्यक्रममा नेपाल र भारतका विभिन्न ठाउँका हुलास वायरका सदस्यहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री थापासहित हुलास वायर इण्डष्ट्रिजका ब्राण्ड एम्बेष्डर क्याप्टेन विजय लामा, हुलास वायरका निर्देशक राजलक्ष्मी, तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले उत्कृष्ट व्यापार प्रबर्द्धन गर्ने नेपाल र भारतका सदस्यहरु, इण्डष्ट्रिजका उत्कृष्ट एवम पुराना कर्मचारीहरुलाई कदरपत्रद्धारा सम्मान गरेका थिए ।
कम्पनीका ब्राण्ड एम्बेष्डर क्याप्टेन विजय लामाले कम्पनीसँगको सहकार्यबारे आफ्नो मन्तब्य राखेका थिए ।
उनले आफुले विभिन्न कम्पनीहरुसँग जोडिएर काम गर्दे आएको भएपनि हुलास वायरसँग जोडिएर काम गर्न पाउँदा बेग्लै अनुभव रहेको सुनाए ।
गोल्छा अर्गनाइजेसनले सय वर्षको अवधिमा गरेको संघर्षको कथाले आफूलाई निकै भावुक समेत बनाएको उनले बताएका थिए ।
कार्यक्रममा प्रबन्ध निर्देषक युक्ति गोल्छाले सय वर्षको इतिहासलाई समेट्दै ४० वर्ष पुगेको हुलास वायर अझ परिमार्जित एवम परिस्कृत हुँदै जाने बताइन् ।
हुलास वायरले आगामी दिनमा स्टिल डिभिजनमा काम लाग्ने एंगल च्यानल, एचआर स्ट्रिप्स मिल लगायत अन्य आधा दर्जनभन्दा बढी नयाँ उत्पादनहरु बजारमा ल्याउन लागेको प्रबन्ध निर्देशक गोल्छाले बताइन् ।
हुलास वायरबाट उत्पादन हुने सम्पुर्ण बस्तुहरुलाई बजारमा पुर्याउनका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।
आफूहरुको विरासतमा दुर दृष्टिबाट देखिएको यात्रा अहिले आएर वास्तविकतामा परिणत भएको बताइन् । उनले आफनो हजुरबुवाको सपना साकार पार्नका लागि इष्डष्ट्रिजका सम्पुर्ण कर्मचारी एवम शुभचिन्तकहरुले कम्पनीप्रति देखाएको माया एवं सदभाव प्रति मुक्त कण्ठले प्रशंसा गरिन् ।
कार्यक्रमलाई हुलास वायरकी अध्यक्ष राजलक्ष्मी गोल्छाले हुलास वायरलाई यहाँसम्म ल्याइ पुर्याउनका लागि महत्वपूर्ण योगदान दिने सम्पुर्ण महानुभावहरुलाई आभार प्रकट गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले हुलास वायरको यात्रामा आफू पनि सामेल हुन पाएको भन्दै धन्यवाद प्रकट गरे ।
थापाले हुलास इन्डष्ट्रिजले देशको आर्थिक विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा कृषकहरुका लागि काम गर्नु पर्ने कुरामा जोड दिए ।
उनले कोशी प्रदेशमा रहेका कृषकहरुका लागि सरकारले गर्न नसकिरहेको मल उद्योग स्थापना गरेर समग्र कृषि क्षेत्रको लागि योगदान दिनुपर्ने कुरामा जोड दिए ।
उनले हुलास वायर इण्डष्ट्रिजलाई आगामी दिनमा कम्पनीको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया