प्रशासनले ज्यादती गरेको ब्यवसायीको आरोप

शनिबार, ०९ भदौ २०८०
इलाम । बिना अनुमति मल बेचेको भन्दै अनुगमन गरेर जरिबाना गराएको विरोधमा इलामका ब्यवसायी दिनेश महतले बिरोध जनाएका छन् । उनले इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सच्चिने मौका नदिइ आफूमाथि प्रशासनले अन्याय गरेको बताए । सहकारीले मल बेच्न दिएको भएर मात्र र आफूले बेचेको उनको भनाई छ । इलाम बजार नजिकै धोबिधारामा रहेको समृद्धि कृषि सहकारीले कोटामा पाएको मल ब्यवसायी महतले बिक्री गरेका थिए । किसानलाई अनुदानमा आएको मल ब्यवसायीले बेचेको भन्दै जिल्ला प्रशासन कार्यालय इलाम नेतृत्वको टोलीले मल नियन्त्रण गरेको थियो । त्यसको केही दिनपछि ब्यवसायी महतलाई जरिबाना स्वरुप दुई लाख तिर्न भनिएको थियो । वर्षौदेखि इलाम बजारमा आफूले ब्यवसाय गरेर किसानको पक्षमा काम गरेको ब्यवसायी महतको भनाई छ । उनले प्रशासनले ब्यवसायीको चरित्र हत्या गर्ने काम गरेको दुखेसो समेत गरेका छन् । पहिला सचेत गराउने काम समेत नभएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय र इलाम नगरपालिकाले दादागिरी शैलीमा आफूलाई फसाएको उनको आरोप छ । आफू आधा दर्जन संस्थामा बसेर काम गरिरहेको तर आवद्ध संस्थाले समेत सहयोग नगरेको उनले गुनासो गरे । इलाम उद्योग वाणिज्य संघ इलामका कार्य समिति सदस्य समेत रहेका महतले संघले समेत आफ्नो मर्काप्रति चासो नदेखाएको बताए । युवालाई प्रोत्साहन गर्नु पर्ने सरकारी निकायबाट उल्टो विस्थापित गर्न खोजेको उनको आरोप छ । उनले युवालाई विदेश पलायन गराउन सरकार आफैँ लागेको बताए । इलाम बजारमा रहेको एक पसलसहित सूर्योदय नगरपालिकाको एउटा सहकारीलाई समेत जिल्ला प्रशासन कार्यालय इलामले जरिबाना गराएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार