काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड अर्गनाइजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको छ । काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजित सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टलाई अवार्ड दिइएको हो ।
यसैगरी शिवम् सिमेन्ट्स लिमिटेडका भाइस प्रेसिडेन्ट निखिल अग्रवाल इन्डिभिजुवल सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।
यसअघि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्राप्त गरेको थियो । यस्तै, बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर २०२२ बाट पनि कम्पनी सम्मानित भइसकेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको शिवम् सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा सहभागी हुादै आएको छ ।
दक्ष जनशक्ति, आन्तरिक व्यवस्थापन, पारदर्शिता, ६० हजारभन्दा बढी शेयर होल्डर एवं कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण कम्पनी पटक पटक विभिन्न तवरबाट सम्मानित हुँदै आएको छ ।
हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन गर्दै आएको छ ।
उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा बीआइएस (आइएसआइ), युआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिंदै आएको जनाएको छ ।
प्रतिक्रिया