इलाम । बजार अनुगमनका क्रममा म्याद गुज्रिएको अवस्थामा फेल परेपछि बरामद गरी नष्ट गरिएको छ । इलाम बजार अनुगमनका क्रममा फेला पारिएका सामग्री घरेलु तथा साना उद्योग कार्यालयमा नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा बिभिन्न समयमा अनुगमनका क्रममा मापदण्डविपरीत, गुणस्तरहीन तथा म्याद गुज्रिएका सामान फेला पारिएको थियो । ती सामग्री नष्ट गरिएको हो ।
इलाम नगपालिक वडा नम्वर ७ को मास्के भेराइटिज र सिद्धि सप्लायर्सको नाममा दर्ता भएका पसलबाट विभिन्न सामग्री बरामद गरिएको थियो । नेपाल आइस बियर, मसला, खुर्सानी पाउडर, फ्रुटी, साबुदाना, ओट्स, कालो जिरा लगायतका सामग्री नष्ट गरिएको हो । त्यस्तै रारा चाउचाउ, सोना बेसन, सस लगायतका सामग्री नष्ट गरिएको छ ।
मास्के भेराइटिजबाट बियर, मसला, साबुदाना, खुर्सानी पाउडर, चुपाचुप लगायतका सामग्रीको म्याद गुज्रिएको अवस्थामा फेला पारिएको थियो । सिद्धि सप्लायर्सबाट कालो जिरा, सोना बेसन, ओड्स, रारा चाउचाउ लगायतका सामग्री जफत गरिएको थियो ।
प्रतिक्रिया