काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
नेपाल तयारी पोशाक उद्योग संघले आयोजना गरेको उद्योग बाणिज्य महासंघको कार्यसमितिलाई बधाई ज्ञापन, शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफू नेतृत्वको महासंघ कार्यसमितिले उद्योगीका समस्या सम्बन्धित निकायसम्म पुर्याउन ठोस पहल गर्ने बताए ।
उनले भने ‘हाम्रो अहिलेको कार्यसमितिले महासंघको कुनैं पनि समस्यालाई खुट्टा नकमाइकन सम्बन्धित निकायसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।’ निर्माण व्यवसायीलगायत सम्पूर्ण उद्योगीका समस्या समाधानका लागि महासंघले ठोस पहल गरिरहेको उनको भनाई छ ।
प्रतिक्रिया