सुनसरी क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता गरेका छन् । बिहान ६ बजेसम्म २,६९३ मतगणना हुँदा रास्वपाका कमल मैनालीले ८२९ मत प्राप्त गर्दै अग्रतामा छन् ।
यस्तै, दोस्रोमा नेकपा एमालेकी भगवती चौधरी रहेकी छन् । उनको ७३४ मत प्राप्त भएको छ ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारले भने ५३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । हालसम्म ११३ मत बदर भएको छ । सुनसरी ३ मा वडागत रूपमा मतगणना भइरहेको छ ।
प्रतिक्रिया