निशा राई
धरान : धरान उपमहानगरपालिकाले पार्किङ शुल्क उठाउने गरी निजी कम्पनीलाई जिम्मेवारी दिएको छ ।
कात्तिक २४ गते देखि लागु हुने गरि नयाँ सवारी पार्किङ शुल्क निर्धारण गरीएको हो । धरानमा अब मोटरसाइकल पार्किङको पनि शुल्क तिर्नु पर्ने भएको छ ।
यस अघि तीन र चारपाङ्ग्रे सवारीलाई मात्रै पार्किङ शुल्क लिइदै आएको थियो । अब
धरानमा पार्किङ शुल्क बापत स्कुटर, मोटरसाइकललाई १० रुपैयाँ, ट्याम्पो, निजी साना, हलुका सवारीलाई २५ रुपैयाँ सफारीलाई ३० रुपैयाँ, कार, मारुती भ्यानलाई ३५ रुपैयाँ, बास, माइक्रोबस, बलेरो, स्कारपियोलाई ५० रुपैयाँ तोकिएको धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले बताए । आन्तरिक श्रोत वृद्धिको लागि यस्तो निर्धारण गरिएको धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघाले बताए ।
कार, जिप र भ्यानलाई २०७८ / ०७९ मा वार्षिक २५ सय र दैनिक ४० रुपियाँ लिने गरिएको थियो । यस्तै २०७९/०८० मा वार्षिक २२ सय ५० र दैनिक ४० बाट घटाएर र ३५ रुपियाँ निर्धारण गरिएको थियो । भानुचौक देशी लाइन भौडी, मुल बजार महेन्द्र पथ, सिद्धिचरण मार्ग बिएकृष्ण गल्ली, पुराने बजार सिंहदेखि चौक सम्मको सडक, छाता चौक चतरा लाइन रत्न रोड गीता मन्दिर लाइन गल्लीको सडकमा पनि पार्किङ गर्न पाइने छ । भानुचौक पुतली लाइन, सैनिक चौक, कलेज रोड, गौतम पथ, नरेन्द्र पथ सब्जी मण्डीमा पार्किङ गर्न पाइने छ ।
प्रतिक्रिया