च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना

शनिबार, १६ मंसिर २०८०
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँतिहारमा उपत्यकावासीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना सार्वजनिक गरेको छ। खाद्य कम्पनीले दसैँतिहारमा बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि शुक्रबार लिलामी बिक्री खुला गरेको हो। उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य कम्पनीले दुई हजार खसीबोका र च्याङ्ग्रा किनेको थियो। खसीबोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलामीको सूचना सार्वजनिक गरेको छ। खाद्य कम्पनीका अनुसार यस पटकको दसैँमा च्याङ्ग्राको मासु प्रतिकेजी एक हजार २५० रुपियाँ तोकेको थियो। हिमाली जिल्ला मुस्ताङ र रसुवाबाट ल्याइएका एक हजार च्याङ्ग्रा खसीबोकाभन्दा महँगो भएकाले ग्राहकको आकर्षण कम भएको र भाउ घटाउँदा पनि नबिकेको खाद्य कम्पनीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार