पुस मसान्तभित्र कर तिरे इटहरी उपमहानगरले विशेष छुट दिने

शनिबार, २३ पुस २०७९
इटहरी उपमहानगरपालिकाकाले करमा विभिन्न छुट सहुलियत गर्ने जनाएको छ । पुस मसान्तसम्म कर तिर्नेलाई छुटको योजना ल्याइएको उपमहानगरले जनाएको छ । बजेट भाषणमा गरेको बाचा अनुसार सहुलियत करहरू पुस मसान्तसम्म बुझाइसक्न नगरबासीहरूलाई उपमहानगरको आग्रह छ । एकीकृत सम्पती कर, बहाल कर, ब्यबसाय कर तिरेमा १० प्रतिशत छुट हुनेछ । यस्तै, अघिल्लो वर्ष नतिरेकालाई जरिवाना छुट गरिने बताइएको छ । पुस महिनाभित्र यो वर्षको कर तिरे उपमहानगरले २०७५ साल अगाडिको बहाल कर पूर्ण रूपमा छुट हुने इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले जानकारी दिए । उपमहानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन चुस्त बनाउन मेयर हेमकर्ण पौडेलले कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् । सबै करदाताहरूका लागि २०७९ पुस मसान्तसम्म सम्पत्ति कर, घरबहाल कर र व्यवसायिक चुक्ता गरेमा करमा छुट गरिने भनेर आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत कर छुटको घोषणा गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार