इटहरी । इटहरीका भिमप्रसाद दाहालले खल्ति एपबाट वर्ड लिंकको ग्राहक बने बापतको भुक्तानी गर्दा दुबई भ्रमणमा छनोट भएका छन ।
इन्टरनेट सेवा प्रदायक सस्था वर्ड लिंकको एक बर्षको ग्राहक बनेबापत दाहालले खल्ति एपबाट भुक्तानी गरेका थिए । खल्ति एपले असोज १० गतेदेखि सुरु गरेको दुबइ भ्रमण योजना अन्र्तगत दाहाल दुबई भ्रमणमा छनोट भएको जनाइएको छ ।
खल्तिले बर्ड लिंकको त्रैमासिक र बार्षिक ग्राहकको भुक्तानी खल्ति एप मार्फत गर्दा उक्त लक्कि ड्र योजनामा समाबेश गरि दुबई भ्रमणको अफर दिएको छ ।
यो योजना अन्र्तगत कोशी प्रदेशको बिर्तामोड शाखाबाट २ जोडि तथा बिराटनगर शाखाबाट एक जोडि गरि देशभरिबाट १४ जोडि दुबइ भ्रमणमा छनोट भइसकेको वर्ड लिंकका इटहरी शाखाका प्रबन्धक कैलाश पोखरेलले बताए । कम्पनीले दुबई भ्रमणको योजना आगामी पौष १५ गते सम्म रहने जनाएको छ ।
प्रतिक्रिया