सातै प्रदेशका डीआईजीहरुको सरुवा

विहीबार, २८ पुस २०७९
नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । बिहीबार भएको सरुवा अनुसार प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्यूरोमा प्रदेश १ का डीआइजी सुदीप गिरी पुगेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको जिम्बेवारी पाएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेलले प्रहरी महानिरीक्षकको सचिवालयको जिम्मेवारी पाएका छन् भने भीमप्रसाद ढकालले कर्णाली प्रदेशको जिम्बेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको जिम्बेवारी पाउँदा अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार