घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्ने

शुक्रबार, २९ पुस २०७९
नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए । गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार