आज माघे सङ्क्रान्ति पर्व,नदि तथा तलाउमा भक्तजनको भिड

आइतबार, ०१ माघ २०७९
नेपाल तथा बिदेशमा रहेका हिन्दु धर्मावलम्बीहरुले आज माघे सङ्क्रान्ति मनाउदै छन् । सधै माघ को १ गते मनाइने भएकाले पनि यसलाई माघे सङ्क्रान्ति  भनिएको हो । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्  भन्ने बिश्वास गरिन्छ । आज नेपालका विभिन्न नदि तथा तलाउहरुमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँने गरेका छन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि बनाइ खाने प्रचलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्छ भन्ने धार्मिक बिश्वास गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार