काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलको केन्द्रमा कुकुरको मासु पाईने रेस्टुरेन्टहरूमा एक समय भीडभाड हुनेगथ्र्यो। तर अचानक ती रेस्टुरेन्छहरु चकमन्न सुनसान हुनपुगे जब त्यहाँको राष्ट्रिय सभाले कुकुरको मासु बेचबिखनमै पूर्ण प्रतिवन्ध लगाउने कानून नै बनाईदियो। त्यसपछि ती सडकहरू सुनसान भए, नियमित रुपमा त्यता जाने उपभोक्ताहरु अलमल्लमा परे।
अस्ति मंगलबार कोरियाको माथिल्लो सदनले ऐन पास गरेपछि कुकुरको मासु उपभोग गरिँदै आएको धेरै
पुरानो चलनमाथि प्रतिबन्ध लगाएपछि यो शून्यता बढेको हो।
राष्ट्रिय सभाले सत्तारुढ दल र विपक्षको दुर्लभ द्विदलीय एकतामा कुकुरको मासु विरोधी विधेयक पारित ग¥यो। यो कानून सन् २०२७ मा लागू हुने छ।
यता वर्षौंदेखि कुकुरको मासु बिक्री गर्ने रेस्टुरेन्टका मालिकहरू र कुकुर पालन गर्ने फार्मका मालिकहरू भने यो कानून ‘एकपक्षीय रूपमा आएको’ भनेर असन्तुष्टि प्रकट गरिरहेका छन्।
‘मैले यो रेस्टुरेन्टबाट ४० वर्षभन्दा बढी समयदेखि जीविकोपार्जन गरेको छु, र अब मसँग यो बन्द गर्नुपर्ने तीन वर्ष मात्रै बाँकी छ। अब के गर्ने मलाई थाहा छैन,’ सियोलको कुकुरको मासु रेस्टुरेन्टका मालिकले भान्साकोठामा कुकुरको सूप तयार गर्दै गर्दा नाम नछाप्ने सर्तमा भने।
ग्वाङ्जाङ मार्केटबाट केही ब्लक टाढा एउटा सानो गल्लीमा रहेको उनको रेस्टुरेन्टमा केही ग्राहकहरूले कुकुरको मासु भएको तातो स्ट्यु “बोसिन्टाङ” खाइरहेका थिए। यो क्षेत्र एक पटक धेरै कुकुरको मासु पाईने रेस्टुरेन्टहरूको घर थियो, जुन अहिले कुखुराको सूप र ग्रिल गरिएको माछाको भोजनालयमा परिणत भएको छ।
“हामीले कोभिड–१९ महामारीको बेला ऋण लिएका थियौं र हाम्रो व्यवसायलाई कायम राख्नका लागि जे पनि गर्यौं। तर राष्ट्रिय सभाले कुकुरको मासु विरोधी विधेयक पारित गरेको छ, हामी ठूलो संकटको मुखमा छौं जस्तो लाग्छ,” ती व्यवसायीले गुनासो गरे।
प्रतिक्रिया