पाकिस्तानमा आतंकवादीसँगको भीडन्तमा पाँच सैनिकको मृत्यु

आइतबार, २९ पुस २०८०
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतंकवादीसँगको भीडन्तमा पाँच सैनिकको मृत्यु भएको छ। पाकिस्तानी सेनाको मिडिया इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले केच जिल्लाको बुलेदा क्षेत्रमा सुरक्षा बलले अपरेसन गरेको र सो क्रममा भिडन्त भएको जनाएको छ । यस क्रममा आतंककारीले सुरक्षा बलको गाडीलाई विस्फोट गराएका थिए। त्यसपछि दुवै पक्षबीच गोली हानाहान शुरू भएको थियो। “सुरक्षाकर्मीले तुरुन्तै गोलीबारीको जवाफ दिए र आतंककारीलाई प्रभावकारी रूपमा आक्रमण गरे,” आईएसपीआरले भनेको छ, “भिडन्तमा तीन आतंककारी र पाँच सैनिकको मृत्यु भएको छ।” आतंककारीलाई हटाउन उक्त क्षेत्रमा सेनाले थप अपरेसन चलाइरहेको जनाएको छ। बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार