जहाज उडाउन ढिलो गरेपछि यात्रुले पाइलटलाई मुक्का हाने

सोमबार, ०१ माघ २०८०
नयाँ दिल्लीबाट गोवातर्फ उड्न लागेको जहाज उड्न घन्टौँ ढिला भएको भन्दै यात्रुले आइतबार पाइलटलाई मुक्का हानेका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार इन्डियो एयरलाइन्सको उडानबाट दिल्ली-गोवा उड्दै गरेका एक यात्रुले पाइलटमाथि मुक्का हानेका थिए। त्यस क्रममा विमान परिचारिकाले ती पाइलटलाई रोक्ने प्रयास गरेकी थिइन्। पाइलटलाई मुक्का हानेपछि ती यात्रुले ‘उडाउनु छ भने उडाऊ नत्र ढोका खोलेर जान देऊ’ भनेका थिए। भारतमा बाक्लो कुहिरोका कारण आइतबार ४ सयभन्दा बढी जहाजका उडान प्रभावित भएका छन्। इन्डियो एयरलाइन्सले यसबारे सम्बन्धित निकायमा उजुरी दिइसकेको पनि पीटीआईले जानकारी दिएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार