इलाम । इलाम नगरपालिका ६ मा रहेको प्रज्ञा सदन स्कुलमा मिनी स्पोर्टस मिट सम्पन्न भएको छ । विद्यार्थीहरूका अतिरिक्त क्षमतालाई बाहिर उजागर गर्ने उद्देश्यका साथ मिनी स्पोर्टस मिटको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
इलाम जिल्लामै शिक्षा क्षेत्रमा अब्बल मानिएको विद्यालयले दुई दिन सम्म सञ्चालन गरेको मिनी स्पोर्टस मिटमा विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो ।
स्पोर्टस मिट कार्यक्रम अन्तर्गत विद्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । यस्तै कार्यक्रममा विज्ञान कलाको समेत प्रदर्शनी गराइएको विद्यालयले जानकारी दिएको छ ।
शुक्रवार समापन कार्यक्रमको अवसरमा स्पोर्टस मिटमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा सङ्गीत शिक्षक अनीश श्रेष्ठलाई समेत प्रशंसा पत्र वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सिएम गुरागाईँले जानकारी दिए । विद्यालयमा यसै वर्षदेखि प्रज्ञा सदन ब्यान्डको समेत सुरुवात गरिएको छ ।
विद्यालयकी अध्यक्ष कल्पना ओलीको अध्यक्षता तथा प्याबसन केन्द्रीय सदस्य विकास कर्माचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त अवसरमा अभिभावकहरू धर्मप्रसाद दाहाल, शर्मिला निरौला लगायतले मन्तव्य राख्दै विद्यालयको प्रगतिको कामना गरेका थिए ।
स्कुलको स्थापना बिस २०५४ सालमा भएको हो ।
प्रतिक्रिया