घरायसी विवाद हुँदा सुन्दरहरैंचामा आफ्नै श्रीमानको हत्या

शनिबार, ०५ फागुन २०८०
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा शुक्रबार राती एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । वडा नं १० स्थित त्रिवेणे चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो । शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर दनुवारलाई धकेल्दा श्रीमान दनुवारको मृत्यु भएको थियो । प्रहरीले दनुवारको श्रीमती विना दनुवारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक दनुवारको शरिरमा चोट पटक देखिएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार