उनले पहिचान पक्षधरहरूलाई आन्दोलनको स्वरूप परिवर्तन गर्न र छलफलमा आउन समेत आग्रह गरे । हाम्रो उपस्थिति हाम्रो भूगोलमा सम्मान समेट्न योग्य छ भन्ने चेत सबै नेतृत्वलाई दिन आवश्यक भएको उनको भनाई छ ।
मन्त्री राई सहितका अतिथिलाई साकेला सिली नाचका क्रममा सोई ढोले सोई किराँत प्रदेश खोइ भनेर गाएपछि पहिचानको लागि भएको सकारात्मक उपलब्धिको मन्त्रीले चर्चा गरेका थिए ।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर कटुवाल समेतले मन्तव्य राखेका थिए ।
पालिकामा प्रतियोगिता सम्पन्न भएपश्चात् आउने १२ गते देखी जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता माङ्सेबुङ गाउँपालिकामा हुने भएको छ ।
प्रतिक्रिया