धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने २ जना पक्राउ परेका छन् । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग राख्दै आएको थियो । डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि धरान १९ का स्थानियवासी र प्रहरी बिच झडप भएको छ ।
नेकपा माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिवार दिउँसो गेट भत्काइएको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग गत भदौ देखि राख्दै आए पनि माग पुरा भएको थिएन ।
प्रतिक्रिया